स्वीडेन : पहिलाे महिला प्रधानमन्त्री नियुक्ति हुनासाथ राजीनामा

स्वीडेन : पहिलाे महिला प्रधानमन्त्री नियुक्ति हुनासाथ राजीनामा

एजेन्सी । स्वीडेनकी नवनियुक्त प्रधानमन्त्री मगडलेना एन्डरसनले प्रधानमन्त्री पदमा नियुक्त भएको १२ घण्टाभित्रै राजीनामा दिएकी छिन् ।

एक दिनका लागि भएपनि पहिलो महिला प्रधानमन्त्री बन्न सफल नवनियुक्त प्रधानमन्त्री एन्डरसनले गठवन्धन सरकारमा सहभागी उनले एक पार्टीले अलग भएको घोषणा गरेपछि उच्च नैतिकता देखाउँदै पदबाट राजीनामा दिएकी हुन् । 

स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान छ । त्यसैले नवनियुक्त प्रधानमन्त्री एन्डरसनले पनि राजीनामा दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । 

सरकारमा सहभागी ग्रीन पार्टीले बजेट अति दक्षिणपन्थी भएको भन्दै प्रधानमन्त्रीलाई समर्थन गर्न नसक्ने जनाएको थियो । 

सोलगत्तै राजनीतिमा दिएकी नवनियुक्त प्रधानमन्त्री एन्डरसनले पत्रकार सम्मेलनमा भनिन्, ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ ।’ उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि एकल बहुमतसहित आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छन् ।

५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिईन् । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डरसन नियुक्त भएकी थिईन ।  

संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । बजेटको विषयमा मतभेद हुँदा गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।