एमाले १० औं महाधिवेशनका लागि पार्टी अध्यक्ष ओली चितवनमा

एमाले १० औं महाधिवेशनका लागि पार्टी अध्यक्ष ओली चितवनमा

काठमाडौं। नेकपा (एमाले)को आसन्न १० औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन नै चितवन पुगेका हुन् । 

विहान ११ बजे भरतपुर पुग्ने कार्यक्रम भएपनि उन दिउँसो साढे १ बजे भरतपुर विमानस्थलमा पुगेका थिए । 

आज एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ ।