एमाले सचिवमा शेरधन राईले उम्मेदवारी दिने

एमाले सचिवमा शेरधन राईले उम्मेदवारी दिने

काठमाडौं । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा प्रदेश– १ का पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टीको सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । 

चितवनमा भोलिदेखि सुरु हुने १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिने बताएका हुन् । उनले आफूलाई कान्छो पदाधिकारीको रुपमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी दिए ।

यसअघि एमालेले गरेको विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेकामा एक जनामा आफूले उम्मेदावरी दिन लागेको बताए । 

यसअघि पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।