प्रभासले लिए एउटा फिल्मबाट पारिश्रमिक १५० करोड भारु

प्रभासले लिए एउटा फिल्मबाट पारिश्रमिक १५० करोड भारु

एजेन्सी । तेलुगु चलचित्रका मुख्य कलाकारको रुपमा स्थापित प्रभास भारतकै महंगो हिरोको रुपमा सावित भएका छन् । उनले एउटा फिल्मको लागि १५० करोड भारु लिने सम्झौता गरेसँगै उनी भारतका सबैभन्दा महँगा अभिनेता बनेका हुन् ।

बलिउड हंगामाका अनुसार प्रभासले ‘स्प्रिट’ नामक फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका हुन्र । यसअघि पनि ‘आदिपुरुष’का लागि १५० करोड भारु पारिश्रमिक लिएका थिए । 

कोरोनाकालपछि प्रभासलाई लिएर टिसिरिजका मालिक भुषण कुमारले अहिलेसम्मकै महँगो फिल्म बनाउन लागेका हुन् । जसमा अभिनेताको रुपमा प्रभासलाई छानेका छन् ।

उनले प्रभासलाई लिएर राधश्याम, आदिपुरुष र स्प्रिटका लागि अनुबन्ध गरेका छन् । पूरा भारतमा फ्यान फलोवर्सका कारण प्रभासलाई महंगो शुल्क तिर्न निर्माताहरु तयार हुनछन् । 

यसअघि बलिउडमा सलमान खानले सुल्तान र टाइगर जिन्दा हैका लागि सय करोड भारु पारिश्रमिक लिएका थिए । त्यसपछि अक्षय कुमार पनि पारिश्रमिक बढाएर सय करोड भारु बनाएका थिए ।