अब नो एकता, नो एकीकरण : ओली

अब नो एकता, नो एकीकरण : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एमालेले अब एकता गर्नुपर्ने कुनै पार्टीहरु नेपालमा नरहेको टिप्पणी गरेका छन् । नेकपा एमालेले एकता गर्न लायक कुनै पनि दल नरहेको भन्दै उनले भने, ‘नो एकता, नो एकीकरण ।’ 

बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले माधवकुमार नेपालले झुक्याएर, अल्मल्याएर उनका पछि लागेर गएकाहरुलाई पनि निद्राबाट ब्युँझन आग्रह गर्दै बहुमतको पार्टीमा फर्किन आग्रह गरे । उनले भने, ‘बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोइटो लिएर कुद्नेका पछाडि नलाग्नुहोस् ।’

ओलीले कांग्रेस नीति, विचार सबै कुरामा बुढो भएको भन्दै प्रचण्ड र माधव हात समातेर हिड्ने गरेको तर्क गरे । उनले त्यसता मानिसहरुले मुलुकको विकास हुन नसक्ने धारणा व्यक्त गरे । 

उनले प्रचण्ड जहिले पनि समस्या खडा गर्ने खालको मानिस भएको भन्दै त्यस्ताबाट होसियार रहन सुझाव दिए । उनले भने, ‘प्रचण्डले हामीलाई पनि विगार्न खोजेका थिए, नसकेपछि आफै भागेका हुन् ।’ उनले कांग्रेस र माधव नेपाल जस्ता समान्य मानिसलाई सिद्धयाईदिने तर्क गरे ।