नेपाली कांग्रेस जिल्ला अधिवेशन : कुन जिल्लामा को विजयी बन्याे ?

नेपाली कांग्रेस जिल्ला अधिवेशन : कुन जिल्लामा को विजयी बन्याे ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुमा अधिवेशन भइरहेका छन् । कांग्रेसको सार्वजनिक कार्यतालिकाअनुसार हाल एउटा मात्रै निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा अधिवेशन भइरहेको छ । त्यस्तै दुई वटा सा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने मंसीर १० गतेदेखि अधिवेशन सुरु हुनेछ । 

यो समाचार तयार पार्दासम्म देशभर २६ वटा जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । जसमध्ये १३ जिल्लामा दसैअघि नै अधिवेशन भइसकेको थियो भने अन्य जिल्लाहरुमा भने मंसीर ६ गतेदेखि सुरु भएको हो । 

कांग्रेसको केन्द्रीय निर्वाचन समिति हालसम्म संस्थापन समूहले १४ जिल्लामा नेतृत्व जित्न सफल भएको छ भने १२ जिल्लामा भने इतर समूह विजयी बनेको छ ।

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१‍‍. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ

२. मोहनविक्रम सिंह, हुम्ला

३. पूर्णबहादुर तामाङ ९कान्छाराम०, रामेछाप

४. ऐनबहादुर शाही, मुगु

५. खडक बोहरा, बझाङ

६. खमबहादुर गर्बुजा, म्याग्दी

७. शंकर गुरुङ, मनाङ

८. केशरबहादुर विष्ट, सल्यान

९. दीपेन्द्र शाही, डोल्पा

१०. भीमबहादुर साउद, डडेल्धुरा

११. कर्णबहादुर शाही, जुम्ला

१२. बेदराज सिंह, जाजरकोट

१३. रुपनारायण जवेगु, पाँचथर

१४. डा. टकबहादुर गुरुङ, लमजुङ

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. दीपक खड्का, संखुवासभा

२. अम्मबहादुर शाही, कालीकोट

३. बर्मा लामा, दोलखा

४. रोमी गौचन, मुस्ताङ

५. केशरमान रोका, रुकुम पूर्व

६. नन्दप्रसाद न्यौपाने, गोरखा

७. रामसिंह रावल, बाजुरा

८. केशव श्रेष्ठ, अर्घाखाची

९. विष्णुकुमार गिरी, प्यूठान

१०. चतुरबहादुर चन्द, बैतडी

११. विनोद बान्तवा, भोजपुर

१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम