२४ घण्टामा ३५१ जना कोरोनाका नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु

२४ घण्टामा ३५१ जना कोरोनाका नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ७ सय २९ जनामा पीसीआर परीक्षण गर्दा ३१३ जनामा र एन्टिजेन विधिबाट १ हजार ४ सय ४५ जनामा परिक्षण गर्दा ३८ जना गरी जम्मा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । 

त्यस्तै सोही समयमा २७३ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोना जित्नेको संख्या ८ लाख ८९० पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ योसँगै नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना रहेका छन् । जसमध्ये ६ हजार ८६९जना होम आइसोलेसनमा रहेका छन् भने ४३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४० जना कोरोना संक्रमित थपिएका छन् ।