जसले धेरै भोट ल्याउँछ उही उपाध्यक्ष र महासचिव : ओली

जसले धेरै भोट ल्याउँछ उही उपाध्यक्ष र महासचिव : ओली

काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन  मंसिर १० मा चितवनमा सुरु हुँदैछ । वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत पदाधिकारीका आकांक्षीहरु ओलीको एक इशाराको पर्खाइमा छन् ।

यस्तोमा अध्यक्ष ओलीले भने वरिष्ठ उपाध्यक्ष तथा महासचिव लगायतका पदका लागि आफ्नो छनौट नहुने स्पष्ट पारेका छन् । 

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी महाधिवेशनमा जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही नै वरिष्ठ उपाध्यक्ष वा महासचिव हुने बताए । उनले अहिलेसम्म आफ्नो कुनै रोजाई नभएको भन्दै जसले जित्ने त्यही नै आफ्नो रोजाई हुने पनि बताए ।