केही बेरका लागि रोकियो एमाले स्थायी कमिटी बैठक

केही बेरका लागि रोकियो एमाले स्थायी कमिटी बैठक

ललितपुर । नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरको लागि स्थगित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठक पुनः बस्ने गरी स्थगित भएको हो । 

आजको स्थायी कमिटी बैठकमा एमालेको १० औं महाधिवेशनको उद्घाटन, बन्दसत्र सञ्चालन, महाधिवेशन प्रतिनिधि मनोनयनलगायतका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

तर यही अवधिमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबारे पत्रकारहरुसँग छलफल गर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको बैठकमा सहभागी एक नेताले बताए । बैठक दिउँसो ३ बजे पुनः बस्नेछ ।