विनोद चौधरी काँग्रेसको महाधिवेशन प्रतिनिधि

विनोद चौधरी काँग्रेसको महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति उद्योगी विनोद कुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा चयन भएका हुन् । 

सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत रहेका छन् ।