सर्वाेच्च विवादबारे गठबन्धनबाट साझा धारणा बनाउँछौं : डा. भट्टराई

सर्वाेच्च विवादबारे गठबन्धनबाट साझा धारणा बनाउँछौं : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हाल उत्कर्षमा पुगेकाे न्यायालय विवादबारे गठबन्धन पार्टीसँग बसेर साझा धारणा बनाउने बताएका छन् । नेपाल बार एशोसिएशनले आज बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन् । 

डा.भट्टराईले संविधान निर्माणदेखि नै पुनर्संरचना अपूर्ण बन्दै आएको भन्दै गल्तीहरुलाई सच्याउँदै लैजानुपर्ने बताए । उनले संरचनामै गल्ती भएपछि जस्तो व्यक्तिले नेतृत्व गर्दा पनि समस्या उत्पन्न हुने बताए । उनले गल्तीलाई सुधार्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

उनले हाल उत्पन्न न्यायालय विवादमा गठबन्धनकै तर्फबाट साझा धारणा बनाउने प्रयास भइरहेको भन्दै तत्काल पार्टीको धारणा पनि आउन नसक्ने बताए । 

नेपाल बार एशोसिएशनको टोलीले आज संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र समाभुख एवं राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो ।