एमाले महाधिवेशनका लागि चितवनमा थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

एमाले महाधिवेशनका लागि चितवनमा थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

चितवन । नेकपा एमालेले यही मंसीर १० गतदेखि १२ गतेसम्म पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन गर्दैछ । चितवनमा गर्न लाथिगएको उक्त महाधिवेशनलाई लक्षित गरी चितवनमा ट्राफिक व्यवस्थापनका लागि थप सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा धेरै सवारीसाधनको आवत जावत हुने भएकाले थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।

मंसिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए ।

महाविधेशन उद्घाटनका दिन यातायातलाई व्यवस्थापन गर्न थप ट्राफिक परिचालन गर्न लागिएको उनले बताए । हाल यातायात आवागमन सहजताका लागि गृहकार्य भइरहेको पनि उनले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । 

जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेकामा थप एक सय गर्न लागिएको हो । एमालेको राष्ट्रिय महाधिवेशनमा पाँच लाख मानिस उतार्नेगरी काम भइरहेका जनपरिचालन समितिले जनाएको छ।