१२ हजारको नमुना परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि

१२ हजारको नमुना परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 त्यस्तै सोही समयमा २५८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेकाे संख्या ८ लाख ६१७ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनामा मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ। 

हाल ९८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ४८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ३० दशमलब १ प्रतिशतले पहिलो मात्रा र २६ दशमलब २ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।