किन उल्टो ब्लाउज लगाएको भन्दै आलियालाई प्रश्न ?

किन उल्टो ब्लाउज लगाएको भन्दै आलियालाई प्रश्न ?

एजेन्सी । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भइसकेको छ । सेलिब्रेटीहरुले पोष्ट गर्ने सामग्रीका कारण उनीहरु पटक पटक विवादमा आउने गर्छन् ।

कोही अभिव्यक्तिका कारण त कोही पहिरणका कारण । पछिल्लो समय बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन् । उनी पहिरनका कारण ट्रोलमा परेकी हुन् ।

जब आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरिन् उनलाई कमेन्टको ओइरो आयो । उक्त कमेन्टहरु सकारात्मक भन्दा पनि प्रयोगकर्ताहरुले ट्रोल गरेको देख्न सकिन्छ । उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन् ।

‘आजकल जति अश्लिलता देखायो, फेसन बन्छ’ पनि भनेका छन् । त्यस्तै सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्।