जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा कर्मचारीले वडाअध्यक्षमाथि दुव्र्यवहार गरेको भन्दै कार्यालयमा तालावन्दी गरेका छन् । सफाई कर्मचारीले जनकपुरधाम उपमहानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहमाथि दुव्र्यवहार गरेपछि कार्यालयमा तला लगाइएको हो ।
वडाअध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकाले त्यसलाई हटाउन सफाइ कर्मचारीसँग आग्रह गरेका थिए । फोनबाट गरिएको उक्त आग्रहलाई अस्वीकार गर्दै दुर्व्यवहार गरेको र कार्यालयमा आएपछि पनि आफूमाथि दुव्र्यवहार गरेको वडाअध्यक्ष सिंहको आरोप छ । घटना लगत्तै असन्तुष्ट वडाअध्यक्षहरुले कार्यालयमा ताला लगाएका थिए ।
उनीहरुले नगरप्रमुख लालकिशोर साहको इशारामा कर्मचारीहरुले वडाअध्यक्षमाथि दुव्र्यवहार गरेको आरोप छ । उनीहरुले सफाई कर्मचारी विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । तालाबन्दी कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका १ का वडाअध्यक्ष शत्रुधन साह, ३ का वडाअध्यक्ष दीपेन्द्र साह, ४ का वडाअध्यक्ष सुदर्शन सिंह, ७ का वडाअध्यक्ष जानकीराम साह लगायतको उपस्थिति रहेको थियो ।
सरसफाईमा अनिश्चितता देखिएपछि आन्दोलन गरेको तर, सुनुवाई नभएपछि बाध्य भएर उपमहानगरमा ताल्चा लगाएको ७ का वडा अध्यक्ष जानकीराम साहले जानकारी दिए ।