दोधारा चाँदनीमा एमालेको समानान्तर कमिटी

दोधारा चाँदनीमा एमालेको समानान्तर कमिटी

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेको समानान्तर कमिटी गठन गरिएको छ। किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो।

समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन।  नेकपा एमालेको जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो। जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएको थियो। 

धनाडीको नेतृत्वमा रहेको कमिटीका सचिव लिम्बुको समानान्तर कमिटीमा समेत सचिवका रुपमा रहेका छन्।  धनाडीको नेतृत्वमा रहेको कमिटी स्वीकार्य नरहेको भन्दै लिम्बुले समानान्तरण कमिटी गठन गरेका छन। जिल्ला नेतृत्वको विभेदकारी निर्णय विरुद्ध  कमिटी घोषणा गरिएको लिम्बुको भनाई रहेको छ।

उनी डेढ दशक देखि पार्टीको नगर नेतृत्व सम्हाल्दै आएका थिए। सय जना भन्दा बढी कार्यकर्ताको उपस्थितिमा कमिटी गठन गरिएको र जिल्ला कमिटीले घोषणा गरेको कमिटीका ३९ जना आफुले गठन गरेको कमिटीमा फर्किएको  लिम्बुको दावी रहेको छ।