कंगना रनावतलाई पक्राउ गर्न माग

कंगना रनावतलाई पक्राउ गर्न माग

एजेन्सी । पटक पटक आफ्नो विवादित अभिव्यक्तिका कारण बलिउड अभिनेत्री कंगना रनावत चर्चामा आईरहन्छिन् । 

भारतको स्वतन्त्रता र महात्मा गान्धीमाथिको विवादित अभिव्यक्तिका कारण थप चर्चामा आएकी उनले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र सिख समुदायको विषयमा पनि त्यस्तै विवादित अभिव्यक्ति दिएकी थिइन् । 

जसका कारण गान्धी परिवार र सिख समुदायहरु कंगनाप्रति आक्रोशित बनेका दिए । उनीहरुले कंगनाविरुद्ध उजुरी समेत गरिसकेका छन् । 
यस्तै अभिनेता केआर के (कमाल आर खान)ले पनि कंगनालाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । 

कंगनाले खुलेआम मारकाटको कुरा गरेको भन्दै उनलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने खानको माग छ । उनले सामाजिक सञ्जाल ट्वीट मार्फत भनेका छन्, ‘कंगना रनोत खुलेआम मारकाट र नरसंहारको कुरा गरिरहेकी छन्, तै पनि कंगनाविरुद्ध कुनै कानून लागू हुँदैन । यस्तो कसरी ? अरू कसैले यस्तो पोस्ट गरे अहिलेसम्म जेलमा भइसक्ने थियो । कानून सबैलाई किन लागू हुँदैन ?’