काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी चैतमा स्थानीय तहको चुनाव हुने बताएका छन् । संवैधानिक रुपमै चैतमा चुनाव गर्नुपर्ने व्यवस्था रहेको भन्दै निर्वाचन आयोग र सरकार त्यसको तयारीमा लागेको बताए ।
हेटौंडामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खतिवडाले कानुनी व्यवस्थासँगै आयोग र सरकार चुनाव गराउन तयार रहेको बताए । उनले मन्त्रीपरिषद्को आगामी बैठकले प्रतिनिधिसभा उपनिर्वाचन मिति तोक्ने सम्भावना रहेको समेत जानकारी दिए ।
नेकपा एमालेले यही मंसीर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्ने सन्दर्भमा मन्त्री खतिवडाले कुनै दलले महाधिवेशन गराएर अर्काेलाई सिद्धाउने भन्ने कुरा गँजडीको गफ मात्रै भएको टिप्पणी गरे । उनले कोभिड १९ नियन्त्रणका लागि सम्पूर्ण नेपालीले अब निर्धक्क रुपमा खोप पाउने गरी व्यवस्था गरिएको बताए ।