कांग्रेस अधिवेशनः मत गनिरहेका बेला बोतल प्रहार

कांग्रेस अधिवेशनः मत गनिरहेका बेला बोतल प्रहार

बैतडी । नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत बैतडीमा भएको चुनावको मतगणना भइरहेका बेला ‘बोतल प्रहार’ भएको छ। शनिबार राति शाहीलेकस्थित मतगणनास्थलमा मत गनिरहेकै बेला अज्ञात समूहले बोतल प्रहार गर्दा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रदेश सभा ९२० को मतगणना भइरहेका बेला मतगणनास्थलमा बर्साएको ‘रक्सी बोतल’ले लागेर दशरथचन्द नगरपालिका–६ का कांगेस नेता अर्जुन रावल घाइते भएका छन्। 

घाइते रावलको टाउकामा चोट लागेको छ। उनको अहिले जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।