नेकपा एमाले विस्तारै इतिहास बन्छ : अध्यक्ष नेपाल

नेकपा एमाले विस्तारै इतिहास बन्छ : अध्यक्ष नेपाल

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अब नेकपा एमाले विस्तारै इतिहास बन्ने दावी गरेका छन् । आज चितवनमा पत्रकारहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

उनले एकीकृत समाजवादीले एमालेलाई इतिहासको विषय बनाउने दावी गरे । पार्टीभत्र अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली रहेको भन्दै अहिले नै पार्टीभित्र ओलीको व्यवहारबाट नेता कार्यकर्ताहरु आजित भएको पनि टिप्पणी गरे । ओलीको एकलौटी तन्त्रका कारण आफूहरुले विद्रोह गर्नुपरेको स्मरण गर्दै अझै पनि ओलीको अत्याचार सहेर बसेका नेताहरु त्यहाँ रहको दावी गरे । 

आफूहरुले नयाँ पार्टी गठन गरेको भएपनि समाजवादीतर्फ जनताको आकर्षण बढेको बताए । उनले समाजवादीतिर जनताको बढ्दो आकर्षण देखेर एमालेका केही नेताहरु आत्तिएको समेत टिप्पणी गरे ।

अध्यक्ष नेपालले आम निर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । साथै अध्यक्ष नेपालले एमालेको महाधिवेशनमा आफूलाई नबोलाएको प्रति कुनै दुःख मनाउन नभएको स्पष्ट पारे ।