अमेरिकी सहायक विदेशमन्त्री लुले भने : ‘मंसिर २८ सम्म एमसीसी टुंगो नलगाए फिर्ता लैजान्छौं’

अमेरिकी सहायक विदेशमन्त्री लुले भने : ‘मंसिर २८ सम्म एमसीसी टुंगो नलगाए फिर्ता लैजान्छौं’

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेसम्म अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् ।

आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा विदेशमन्त्री लुले यस्तो बताएका हुन् । उनले एमसीसी सम्झौता पारित गर्ने या नगर्ने भन्ने विषयमा ठोस अवधारणा बनाउनु पर्ने बताए । आगामी १४ डिसेम्बर (मंसिर २८) सम्म एमसीसीबारे ठोस धारणा नआए फिर्ता लैजाने बताए ।

जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौताबारे अहिले बहस चलिरहेको बताएका छन् ।