पतञ्‍जलिलाई सरकारले जग्गा उपलब्ध गराउने

पतञ्‍जलिलाई सरकारले जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने भएको छ । शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा आयोजित पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन् । 

उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको भन्दे जग्गा उपलब्ध गराउने बताएका छन् । उनले भने, ‘यो नन प्रोफिट संस्था हो, यसलाई सरकारले पूर्ण सहयोग गर्छ ।’ उनले थपे, ‘नेपाल सरकारले यो संस्थालाई जग्गा उपलब्ध गराउँछ ।’

प्रधानमन्त्री देउवाले योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि धन्यवाद दिँदै भारतीय योग गुरू स्वामी बाबा रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन आग्रह गरे ।