एकीकृत समाजवादीका शाही कर्णाली प्रदेशको कानुनमन्त्रीमा नियुक्त

एकीकृत समाजवादीका शाही कर्णाली प्रदेशको कानुनमन्त्रीमा नियुक्त

कर्णाली । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्ति गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।

कर्णालीमा मुख्यमन्त्रीमा जीवन बहादुर शाही नियुक्त भएसँगै पहिलो पटक एउटा मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन ।

बाँकी मन्त्रालयहरुका लागि मन्त्री भने केही दिनमा नियुक्त हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।