अक्षयलाई २०१९ फलिफाप , एकै वर्षमा ७ सय करोडभन्दा बढीको कमाई

अक्षयलाई २०१९ फलिफाप , एकै वर्षमा ७ सय करोडभन्दा बढीको कमाई

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमारले करोड क्लबमा नयाँ इतिहास रचेका छन् । उनले एक वर्षको अवधिका ७ सय भन्दा बढी कमाइ गरेका छन् । २०१९ मा रिलिज भएका उनका ४ वटा फिल्मबाट ७ सय करोड भन्दा बढी कमाइ गरेका हुन् ।

चलचित्र केसरीबाट २०१९ मा सुखद सुरुवात गरेका अक्षयलाई त्यसपछि रिलिज भएको मिसन मङ्गल पनि फलिफाप बन्यो ।केसरीले १ सय ५४ करोड ४१ चालिस लाख कमाएको थियो भने मिसन मङ्गलले २०२ करोड ९८ लाख कमाएको थियो। मिसन मङ्गल पछि उनले अभिनय गरेको कमेडी चलचित्र हाउस फुल ४ ले व्यापक सफलता पायो । हाउस फुल ४ ले १सय ९४ करोड ६० लाख कमाएको थियो । २०१९ को अन्तिममा रिलिज भएको चलचित्र गुड न्युजले अक्षयको २०१९ वर्षलाई सफल बनायो जसमा गुड न्युजले १ सय ६२ करोड १० लाख कमाएको छ।

२०१९ वर्षको बक्स अफिसमा ४ सय ६४ करोड ८५ लाख कमाएका रितिक रोशन दोस्रो र टाइगर श्राँफ तेस्रो बनेका छन् उनले ३ सय ८७ करोड २ लाख रुपैयाँ कमाएका छन् भने यो वर्ष चौथों स्थानमा परेका सलमान खानले ३ सय ५२ करोड ३१ लाख रुपौँया कमाएका छन् ।