काठमाडौंका दुई वटा नगरपालिकामा भोलि सार्वजनिक विदा

काठमाडौंका दुई वटा नगरपालिकामा भोलि सार्वजनिक विदा

काठमाडौं । हरिबोधिनी एकादशीलाई लक्षित गरि काठमाडौंको दुई वटा नगरपालिकामा भोलि सार्वजनिक बिदा हुने भएको छ । काठमाडौंको बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले भोलि सार्वजनिक विदा दिन लागेको हो ।

यही कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले आफ्ना नगरभित्र स्थानीय बिदा दिने निर्णय गरेको हो । त्यस्तै नागार्जुन नगरपालिकाको नगरसभाले पनि भोलि बिदा दिने निर्णय गरेको हो ।

बूढानिलकण्ठ नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्र रहेका कार्यालय, सम्पूर्ण वडा कार्यालय, विषयगत कार्यालय र सामुदायिक विद्यालय बन्द हुने जनाएको छ । साथै, वडा नम्बर १ देखि १० सम्म रहेका संस्थागत विद्यालय र मातहतका कार्यालयहरु पनि बन्द रहने जानकारी गराइएको छ ।