किशोरी बलात्कार गर्ने पक्राउ, एक फरार

किशोरी बलात्कार गर्ने पक्राउ, एक फरार

काठमाडौं । धनुषामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदनगर नगरपालिका–४ ननुपटी बस्ने २७ वर्षीय बिजय मुखिया रहेका छटन् । उनलाई ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ । 

मुखिया र सोही ठाउँ बस्ने २८ वर्षीय संजय साहले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने आरोप छ । साह भने फरार रहेको र उनको खोजी कार्य भइररहेको प्रहरीले जनाएको छ ।