‘सूर्यवंशी’को आक्रामक व्यापार, प्रदर्शनको पाँचौ दिनसम्मकाे कमाइ १ सय करोड नाघ्यो

‘सूर्यवंशी’को आक्रामक व्यापार, प्रदर्शनको पाँचौ दिनसम्मकाे कमाइ १ सय करोड नाघ्यो

काठमाडौं । कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको बलिउडको मल्टीस्टारर फिल्म ‘सूर्यवंशी’ले सानदान कमाई गर्दै आएको छ । भारत तथा विश्वव्यापी प्रदर्शनमा आएको उक्त फिल्म प्रदर्शनको पाँचौ दिनसम्म आईपुग्दा एक सय करोड नाघेको छ । 

उसोतः फिल्मले ओपनिङमै २६ करोड २९ लाखको कमाई गरेको थियो । भने, पाँचौ दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको हो ।
 
दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौंथो दिन १४ करोड ५१ लाख र पाँचौ दिन (हिजो) फिल्मले ११ करोड २२ लाख कमाएकोछ । प्रदर्शनको पाँच दिनमा फिल्मको कमाई कूल १ सय २ करोड ८१ लाख पुगेको छ । 

यस फिल्मले नेपालमा समेत आक्रामक व्यापार गर्न सफल भएको छ । लामो समय कोरोना महामारीका कारण हलहरु बन्द हुन पुगेकामा केही फिल्महरु चलाइएपनि दर्शकको अभाव देखिन्थ्यो । तर उक्त फिल्मले भने राम्रो व्यापार गर्न सफल भएको हो । 

रोहित शेट्टी निर्देशित यस फिल्ममा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन, रणवीर सिंहको अभिनय रहेको छ ।