कमेडियन विक्की अग्रवाललाई मातृशोक

कमेडियन विक्की अग्रवाललाई मातृशोक

काठमाडाैं । ‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको हाे । 

कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमा सहित नेपाल आएका थिए । सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए । त्यसपछि चावहिलको मेडिकेयर अस्पताल पर्याइएको दुर्गालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्गा उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित थिइन् । सिक्किम निवासी विक्कीले ‘कमेडी च्याम्पियन २’ बाट थुप्रैको मन जित्न सफल भएका थिए ।