भीम रावललाई लेखराजको कडा जवाफ : सामाजिक सञ्जालमा कराएर हुँदैन

भीम रावललाई लेखराजको कडा जवाफ : सामाजिक सञ्जालमा कराएर हुँदैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सामाजिक सञ्जाल ट्वीटमा लेखेकाे टिप्पणीप्रति सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कडा आपत्ति जनाएका छन् ।

नेता भट्टले असहमति र असमजदारी उल्लेख गर्नका लागि बैठक र समितिहरु भएको भन्दै त्यस्ता फरक मत राख्नका लागि बैठक डाक्न सुझाव दिएका छन् । 

उपाध्यक्ष रावलले अवैध भनेको एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले भने, ‘फरक मत राख्नलाई समितिहरू छन्, समितिको बैठकमा राख्नुहोस्, सामाजिक सञ्जालमा होइन ।’

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा नेता रावलको अनुपस्थितिमा संचालित प्रदेश कमिटीको पूर्ण बैठकमा नेताहरूबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै बैठक १० बुँदे सहमति विपरीत रहेको जनाएका थिए । उनले बैठकका निर्णय अवैध र अमान्य हुने समेत बताएका थिए । 

उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सु।प।मा लागू नहुने किन रु यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’