सर्वोच्च परिसरमा मुद्दा सुनुवाइको माग गरिरहेका सेवाग्राही पक्राउ

सर्वोच्च परिसरमा मुद्दा सुनुवाइको माग गरिरहेका सेवाग्राही पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा आफूहरूको मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शन गरिरहेका सेवाग्राही पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सर्वोच्च अदालतबाट मंगलबार  पक्राउ गरेको हो। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा छन् भने न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरणका बाहेक अन्य मुद्दामा सुनुवाइ गरेका छैनन्। 

प्रधानन्यायाधीशलगायत न्यायाधीशहरूले अनियमितता गरेर आफूहरूलाई अन्याय गरेको सेवग्राहीको भनाइ छ। न्यायाधीश र कानुन व्यवसायीहरूले आन्दोलन गर्दा आफूहरू न्याय पाउने अधिकारबाट वञ्चित भएको उनीहरुले बताए। 

छुटाउनुभयो कि ?