श्रीमती कुटपिटको आरोपमा पुनम पाण्डेको श्रीमान् पक्राउ

श्रीमती कुटपिटको आरोपमा पुनम पाण्डेको श्रीमान् पक्राउ

बलिउड अभिनेत्री पुनम पाण्डेले पति सेमविरुद्ध कुटपिटको उजुरी दर्ता गराएकी छन् । उनको उजुरी पछि बान्द्रा प्रहरीले पति सेम बम्बेलाई पक्राउ गरेको छ । अदालतले सेमलाई तीन दिनका लागि हिरासतमा राखेको छ ।

गत वर्ष पनि पुनमले पतिविरुद्ध छेडछाड, धम्की र कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यो उजुरी पछि गोवा प्रहरीले सेमलाई पक्राउ गरेर जमानतमा छोडेको थियो । तर पुनः एकपटक पुनमको एफआईआरमा रहेर सेमलाई बम्बईको प्रहरीले पक्राउ गरेको हो ।

सेमसँग विवाह गर्नु अघि पुनम दुई वर्षसम्म लिभ–इन–रिलेसनमा थिइन् । गत वर्षको सेप्टेम्बर १० मा उनले सेमसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाहको १२ दिनपछि तनाव सुरु भएको थियो ।

सेम बम्बेको जन्म संयुक्त अरब इमिरेट्सको दुबईमा भएको थियो । उनी एक विज्ञापन–फिल्म निर्माता हुन् । ३६ वर्षे सेमले अक्षय कुमार, रणवीर कपुर, दीपिका पादुकोण, ज्याकुलिन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुनलगायतसँग विभिन्न प्रोजेक्टमा काम गरिसकेका छन् ।