५९ मतसहित बागमती प्रदेशमा मुख्यमन्त्रीले पाए विश्वासको मत

५९ मतसहित बागमती प्रदेशमा मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । 

प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित गरेको हो । 

प्रदेश सभामा कुल उपस्थित १ सय ४ जना सांसदमध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका छन् । त्यस्तै ४३ जनाले विपक्षमा मतदान गरे भने २ जना सांसदले मत दिन्नँ (तटस्थ)मा मतदान गरेका हुन् । मतदान प्रक्रियामा ५ जना अनुपस्थित भए ।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे असोज ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन छ ।