किशोरी बलात्कार आरोपमा कार्गाेका अध्यक्ष ठमेलबाट पक्राउ

किशोरी बलात्कार आरोपमा कार्गाेका अध्यक्ष ठमेलबाट पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त मालिगाउँले १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा अध्यक्ष मनोज अधिकारीलाई ठमेलबाट पक्राउ गरेको हो ।

अधिकारीले आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले कात्तिक ८ गते प्रहरीमा उनीविरूद्ध जाहेरी दिएकी थिइन् । जाहेरी परेको ८ दिनपछि कात्तिक १६ गते प्रहरीले अध्यक्ष अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हाल उनी मालिगाउँस्थित वृत्तको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्र्रहरीले जनाएको छ ।