विपिन कार्की र निरुता सिंह उत्कृष्ट

विपिन कार्की र निरुता सिंह उत्कृष्ट

काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्री घोषित भएका छन् । बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित  ‘एएनपी अवार्ड २०२१’ मार्फत विपिन जात्रैजात्राबाट र निरुताले दालभात तरकारीबाट अवार्ड हात पारेका हुन् । त्यस्तै सर्वाेत्कृष्ट निर्देशकमा फिल्म जात्रैजात्राबाट प्रदीप भट्टराईले अवार्ड हात पारेका छन् । 

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र समेटिएर आयोजना गरिएको सो अवार्ड समारोहमा २०७४ देखि २०७६ सालमा रिलिज फिल्म तथा सिर्जित सिर्जनाहरूलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा विजेतालाई पूर्व राज्यमन्त्री रामवीर मानन्धर, अभिनेता भुवन केसी, सरोज खनाल, बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कागायतले अवार्ड बितरण गरेका थिए ।

समारोहामा बेस्ट छायांकनमा पुकार भट्टराई र सौरभ लामा, सम्पादनमा बनिष शाह र भुपेन्द्र अधिकारी र भिएफएक्सबाट अवार्ड रेनिस फागो, सत्यम् रानाले पाएका छन् । त्यस्तै यमप्रसाद ओली, रेश्मा केसी, सुष्मिता खत्री, संगीत खत्री, दिनशन शाह गोपाल ढकाल, प्रेम पाण्डे, सुनिता गौतम, विनायक तामाङ, सुवास गुरुङले अवार्ड जितेका छन् भने अभिनेता विक्रम क्षत्री र पुष्टबहादुर घिमिरेले जुरी अवार्ड तथा आशा भुषालले टेलिफिल्म अभिनेत्रीको अवार्ड पाएका छन् । 

त्यस्तै गीतको म्युजिक भिडियोबाट चुम्दा कुशल श्रेष्ठ, वसन्ती राई, ज्योती मगर, गजित विष्ट, आरोही शर्मा, शिवन पोखरेल, प्रह्लाद चौलागाई, झरना रिसाल र निक्स शर्मा, विकास बस्नेत, दिनेश डाँगी, प्रकाश बस्नेत चन्दन कुईंकेल, प्रशुनजंग पोखरेल, दिनशन शाह, मनिषा पोखरेलले पाए । डीआर उपाध्यायले लोकप्रिय गीतकारको अवार्ड जितेको कार्यक्रममा मोहनकुमार खत्री, किरण माईकल घिमिरे उत्कृष्ट गीतकारको अवार्ड जिते ।

कृषा महर्जन, विष्णु रेग्मी, रुद्र शर्मा, मोनित महर्जन, राजेन्द्र लुईँटेल, गीता शाह, दिपेन्द्रकुमार यादव, सावित्री ढुंगाना लगायतले पनि अवार्ड पाए । 

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई समेत सम्मान गरिएको थियो । गायक विमल डांगी, गायिका सरिता डांगी, कन्हैया सिंह परियार, गायिका सुनिता गुरुङ, गायक सीताराम पोखरेल, हेमा मानन्धर, सन्तोष सुवेदी लगायतले सम्मान पाएका थिए ।