'मुन्द्रेको कमेडी क्लब' बन्द हुने

'मुन्द्रेको कमेडी क्लब' बन्द हुने

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ ।

सो कमेडी क्लबका हास्य कलाकार उमेश राई  ‘फुलन्देकी आमा’ ले उही गेटअपमा ‘डान्स च्याम्पियनसिप’को होस्टका लागि जाने भएपछि कमेडी क्लब नै बन्द गर्न लागेको जीतु नेपालले जानकारी दिए ।

उनले भने, ‘हामी यो कार्यक्रम बन्द गर्ने तयारीमै थियौं, झन् उमेश जिले उही गेटअपमा अर्को शो होस्ट गर्न थालेपछि हामीले शो बन्द गर्न नै उचित ठान्यौं ।’

डेढ वर्षदेखि प्रशारण हुँदै आएको मुन्द्रेको कमेडी क्लबले सिजन–२ को ५४ औं एपिसोड पूरा गरेको छ ।