शाहरुख खानका छोरालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

शाहरुख खानका छोरालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

एजेन्सी ।  बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई धरौटीमा रिहा गर्न मुम्बइ उच्च अदालतले आदेश दिएको छ ।

लागूऔषध मुद्दामा न्यायिक हिरासतमा तीन दिन राखेर अन्ततः धरौटीमा रिहा हुने भएका एनडीटीभीले जनाएको छ । २३ वर्षिय आर्यन अक्टोबर ३ मा क्रुजमा ड्रग्स पार्टी आयोजना गर्ने क्रममा पक्राउ परेका थिए ।

यसअघि दुईपटकसम्म अदालतले आर्यनको धरौटी आग्रहलाई अस्वीकार गरेपनि बिहीबार साँझ भने उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।