दुई प्रहरीको हत्या गर्ने आठ जनालाई जन्मकैद

दुई प्रहरीको हत्या गर्ने आठ जनालाई जन्मकैद

कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् ।

जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का रोहित राना, राजेन्द्र राना, सुरेश राना, राजकुमार राना, रामनिवास राना, दलराम राना, रामगोपाल राना र अमर राना रहेका छन् ।

राजिब गुप्ताले भने सफाई पाएका छन । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा उनीहरुलाई दोषि ठहर गरिएको हो । नेपालबाट भारततर्फ सामान तस्करी गर्ने यो गिरोहलाई अवरोध गरेको निहुँमा उनीहरुले प्रहरीद्वयको हत्या गरेका थिए ।