सीमाबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई बोलायो

सीमाबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई बोलायो

काठमाडौं : भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ । समितिका सदस्यहरुले नक्साबारे प्रधानमन्त्री केपी ओलीसँग छलफलको माग गरेपछि सोमबार(भोलि) प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाइएको हो ।

त्यस्तै प्रतिनिधिसभाको अन्तर्र्ष्ट्रिय सम्बन्ध समितिले सोमबार नै भारतीय नक्सामा नेपाली भूमि रहेको बारे छलफल गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ । परराष्ट्र मन्त्रालयले यसअघि विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताएको थियो ।

यसअघि हिजो भएको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि बलियो सरकार र राष्ट्रिय सहमति कायम भएको बताउनुभएको थियो ।