प्रभु साहले नेकपा ब्यूँताउने, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार

प्रभु साहले नेकपा ब्यूँताउने, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार

काठमाडौं । नेकपा माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नेता प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले पुरानै नेकपा ब्यूँताउनका लागि ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारेका छन् ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले समेत साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने साह निकट स्रोतको दाबी छ ।

‘केपी ओलीले ८ बुँदे मागहरु पूरा नगरेकाले हामी एमालेमै बस्न नसक्ने भयौं । त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो,’ साह निकट एक नेताले भने । शाहले ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार पारिसकेको बताइन्छ ।