दादासाहेब फाल्के अवार्ड सुपरस्टार रजनीकान्तलार्ई

दादासाहेब फाल्के अवार्ड सुपरस्टार रजनीकान्तलार्ई

एजेन्सी । ६७ औँ संस्करणको नेश्नल फिल्म अवार्डमा दादासाहेब फाल्के अवार्डबाट बलिउडका सुपरस्टार राजनीकान्त सम्मानित भएका छन् । 

फिल्म जगतमा नायक, निर्माता, स्क्रिन लेखनमा समेत योगदान पुर्याएका कारण उनी यस अवार्डबाट सम्मानित भएको हुन् । यसअघि सो अवार्ड सन् २०१८ मा अमिताभ बच्चनले पाएका थिए ।

पाँच सदस्यीय टोलीले निर्धारण गर्ने यस अवार्डबाट सन् २०१८ यता कोही सम्मानित भएको थिएन । 

परिवारका साथ सो अवार्ड समारोहमा सहभागी  भएका रजनीकान्तले अवार्ड पाएपछि दिएको प्रतिक्रियालाई सञ्चारमाध्यम हिन्दूले लेखेको छ, ‘ड्यासमा उपस्थित सम्पूर्णलाई सम्मान गरेको छु । अवार्ड पाउँदा म निकै खुशी महसुस गरेको छु । मैल एक महत्वपूर्ण अवार्ड प्राप्त गर्न सफल भएको छु । म यस अवार्डप्रति केन्द्र सरकारलाई धन्यवाद दिन चाहन्छु ।’