बाढी, पहिरो डुवान अपडेटः १ सय ११ जनाको मृत्यु, ३७ अझै बेपत्ता

बाढी, पहिरो डुवान अपडेटः १ सय ११ जनाको मृत्यु, ३७ अझै बेपत्ता

काठमाडौं । बेमौसमी वर्षासँगै देशभर आएको बाढी,पहिरो र डुबानमा परी हालसम्म १ सय ११ जनाले ज्यान गुमाएका छन् ।

कात्तिक १ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो र डुवानका कारण प्रदेश नं. १ मा सबैभन्दा धेरै ६५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै बागमती प्रदेशमा १ जना, गण्डकीमा २, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जनाले ज्यान गुमाएको नेपाल प्रहरीको बुलेटिन समाचारमा जनाइएको छ । 

त्यस्तै बाढी पहिरो र डुवानका कारण हालसम्म ४२ जना घाइते भएका छन् । जसमध्ये प्रदेश नम्बर १ मा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । 

त्यसतै देशभर ३७ जना अझै वेपत्ता रहेका छन् । समाचारमा जनाइएअनुसार प्रदेश नम्बर १ मा ११ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना रहेका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।