बाढीप्रभावित किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसँग माग

बाढीप्रभावित किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसँग माग

काठमाडौ । पछिल्लो चार दिनयता परेको बेमौसमी वर्षापछि आएको बाढीले देशव्यापी रुपमा जनधनको क्षति पु¥याएको छ । पाकेको धान काटेर सुकाएको अवस्थमा बाढीले बगाएर लगेको दृश्य सामाजिक सञ्जाल एवं संचारमाध्यमहरुमा आईरहेका छन् । 

बेमौसमी वर्षाका कारण पकेको धान भित्र्याउन नपाएका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने पाँच संगठनले माग गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, सिचाईं जल उपभोक्ता महासंघ, फियान र खाद्य अधिकारका लागि राष्ट्रिय संजालले संयूक्त विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रका किसानहरुलाई क्षतिपूर्तिको माग गरेका हुन् । 

विपत्तिबाट प्रभावितहरुको यथार्थ तथ्यांक संकलन गरी प्रभावित किसानहरुलाई खेती भित्र्याउन तत्काल सहायता उपलव्ध गराउनुपर्ने उनीहरुको माग छ । उनीहरुले कृषि पेशाको सुरक्षाको लागि बाली र पशुधन बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन समेत माग गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ ‘कडा मेहनत गरेर फलाएको अन्न भित्र्याउने बेलामा भएको यस नोक्सानीले किसानलाई निराश बनाएको छ । खाद्य संकट एवं खाद्य सुरक्षामा थप चुनौती थपिएको छ।’

बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको शिकार बनेका घाइते किसानहरुको निःशुल्क उपचार तथा बसोबास गुमाएकाहरुलाई त्यसको व्यवस्था गराउन समेत माग गरेको छ । बाढीले नगदे तथा अन्नबालीमा क्षति पु¥याएको छ । परालसमेत भिजेकाले खेतमै कुहिने अवस्था भएको किसानलाई वर्षभरि खान पनि समस्या हुने विज्ञप्तीमा उल्लेख छ ।