जंगली हात्तीको आक्रमणबाट श्रीमान–श्रीमतीको मृत्यु

जंगली हात्तीको आक्रमणबाट श्रीमान–श्रीमतीको मृत्यु

कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ बसन्तपुरमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ र 

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ध्वज बहादुर कार्की र उनी श्रीमती ४५ वर्षीया मथुरा कार्की रहेका छन् । 

स्थानीय डिलाशैनी सामुदायिक वनबाट करिव डेढ दर्जंन जंगली हात्तीहरुको बथान गाउँमा पसेको थियो । जंगली हात्ती गाउँ पसेपछि भाग्ने क्रममा बुधबार उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगली हात्तीको आक्रमणबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । 

शुक्लाफाटा, सौराहा, कोसी, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास क्षेत्रका स्थानीयहरु वर्षेनी जंगली हात्तीको आक्रमणमा पर्ने गरेका छन् ।