प्रधानमन्त्री देउवा भोलि बाढी पहिरो प्रभावित क्षेत्रमा जाने, प्रभावितहरुलाई तत्काल ५० हजार दिइने

प्रधानमन्त्री देउवा भोलि बाढी पहिरो प्रभावित क्षेत्रमा जाने, प्रभावितहरुलाई तत्काल ५० हजार दिइने

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (बिहीबार) बाढी पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि त्यस क्षेत्रमा जाने भएका छन् । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री बाढी पहिरो प्रभावित क्षेत्रमा जाने निर्णय भएको हो । त्यस्तै आज बसेको मन्त्री परिषद्को बैठकले बाढीपहिरोबाट ज्यान गुमाउनेका परिवारलाई सरकारले दुई लाख रुपैया दिने निर्णय गरेको छ ।

त्यस्तै बाढीपहिरोबाट प्रभावितहरुलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय भएको पनि बैठकपछि गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिएका छन् । त्यस्तै बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि सरकारले तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।