साफ खेलेर फर्केका नेपाली खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ दिने सरकारको निर्णय

साफ खेलेर फर्केका नेपाली खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौ । साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई नेपाल सरकारले प्रोत्साहन स्वरुप प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने भएको छ ।

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनी नेपाल फर्किएका नेपाली खेलाडीहरुलाई उक्त रकम दिने निर्णय गरेको छ ।

त्यस्तै फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रति व्यक्ति तीन लाख रुपैयाँ दिने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।