ओलीका कारण कम्युनिष्ट पार्टी पुनःगठन गर्नुपर्‍याे : मेटमणि चौधरी

ओलीका कारण कम्युनिष्ट पार्टी पुनःगठन गर्नुपर्‍याे : मेटमणि चौधरी

रूपन्देही । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओलीका कारण कम्युनिस्ट पार्टी पुनः गठन गर्नुपरेको दावी गरेका छन् । 

एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई सम्बोधन गर्दै नेता चौधरीले केपी ओलीले नेतृत्व गरेको पार्टीमा ओलीको एकतन्त्र हावी भएको भन्दै त्यहाँ कम्युनिस्ट आन्दोलन नै समाप्त पार्न थालिएकाले एकीकृत समाजवादी गठन गरेको बताए । उनले नेपालमा रहेका कम्युनिष्ट पार्टीहरुसँग एकता गर्दै अघि बढ्ने पनि बताए । 

नेकपा एमाले निर्वाचनको पक्षमा रहेपनि आगामी निर्वाचनमा जनतामाझ जाने नैतिकता समेत ओलीले गुमाइसकेको टिप्पणी गरे । उनले भने, ‘ओलीले अब निर्वाचनमा हामीर्ला विजयी बनाउनुहोस्, हामी विजयी बनेर पटक पटक संसद विघटन गर्छै भन्दै भोट माग्ने त होला ।’

ओलीकै कर्तुतका कारण उनले नेतृत्वका पार्टी नेपालबाट विस्तार विलय हुँदै जाने उनले दावी गरे । नेता चौधरीले आगामी दिनमा केपी ओलीले उनकै क्षेत्र झापाबाट नै चुनाव हार्ने ठोकुवा गरे । 

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले सम्बोधन गरेका थिए ।