काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ । तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना निको भइसकेका छन् ।
यही अवधिमा भारतमा १४६ जनाको मृत्यु भएको छ भने १९ हजार ७८५ जना निको भएका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यससँगै हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार १५६ जनाको मृत्यु भइसकेको छ ।भारतमा सकृय संक्रमितको संख्या २ लाख २ हजार ४६६ रहेको छ ।