काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टी्भित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् । ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए ।