साफ च्याम्पियनसिप : पहिलाे हाफसम्म बराबरी

साफ च्याम्पियनसिप : पहिलाे हाफसम्म बराबरी

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधिका लागि दमदार नेपाल र भारतबीचको खेल भइरहेको छ । माल्दिभ्सको मालेमा जारी खेल पहिलाे हाफसम्म दुवै टिमले कुनै गाेल गर्न सकेकाे छैन ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।

प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए । लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने भारतसँग पराजित बनेको थियो । बंगलादेशसँगको खेल १–१ गोलको बराबरी खेलेपछि नेपाल फाइनलमा पुगेको हो । 

१९९३ मा पाकिस्तानमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । २८ वर्षपछि नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । नेपालले पाँच खेल बराबरीमा रोकेको छ ।