साफ च्याम्पियनसिप : उपाधिको लागि नेपाल र भारत आज भिड्दै

साफ च्याम्पियनसिप : उपाधिको लागि नेपाल र भारत आज भिड्दै

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे हुनेछ । साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । नेपालले पाँच खेल बराबरीमा रोकेको छ ।

भारतले यस प्रतियोगितामै सातपटक उपाधि उचालिसकेको छ । लिग चरणको अन्तिम खेलमा भारतले आज साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । 

यता नेपालले पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

भारतले आठ अंक जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो ।